जब ,
आँखा चिम्लिन्छु ,
तिमी आउछौ ,
मिठो धुन भर्छौ ,
म लठिन्छु ,
म पग्लिन्छु र बग्छु
सिमानाहरु मेटिन्छन
म हराउछु ,
म हास्छु ,
खित्का छोडेर हास्छु ,
म बल्छु ,
रपक्क बल्छु ,
म फुल्छु ,
धपक्क फुल्छु
र
फुलाउछु ,
राता गुलाफहरु
भन्नेहरु ,
पागल भन्छन ,
के थाहा तिनलाई
तिमी मेरो प्राण ,
मेरो दृष्टि ,
मेरो ढुक्ढुकी
र ,
आत्मा भनेर
हो प्रिय ,
मलाई राधा हुनु छ ,
रुक्मिणी होइन !
No comments:
Post a Comment